Tuesday, November 21, 2023

लघुकथा समाचार

 विलोम अभ्यास – २ सम्पन्न


 


 

 

 

 

 

 

नेपाली लघुकथा सर्जकहरुसँग भेटघाट, वार्ता र संवादका माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पु¥याउने उद्देश्यले प्रारम्भ गरिएको लघुकथा अभ्यास ‘विलोम’को दोस्रो अभ्यास सम्पन्न भएको छ ।

विलोमको उद्देश्य अनुरुप दोस्रो भेटघाट मूलतः कविको पहिचान बनाउनु भएपनि आख्यान विधाका समेत सशक्त हस्ताक्षर कणाद महर्षिसँग भएको हो ।

लघुकथा केन्द्रित कुराकानी गर्ने क्रममा दोस्रो कुराकानी अन्तर्गत श्रीमहर्षिसँग झण्डै चार घण्टा लघुकथा के हो र कस्तो हुनुपर्छ भन्ने देखि लघुकथा लेखनमा देखा परेका प्रवृत्ति, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता तथा लघुकथाको भविष्य समेत लघुकथाका विविध पक्षबारे र उहाँको लघुकथा लेखनका बारेमा पनि विस्तृत कुराकानी भएको थियो ।

लघुकथाकार त्रय विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलद्वारा प्रारम्भ गरिएको ‘विलोम’नामक यस अभ्यास अन्तर्गत दोस्रो अभ्यास २०८० जेठ १८ गते सम्पन्न भएको हो । यसको पहिलो अभ्यास २०७९ फागुन ३ गते गरिएको थियो ।

No comments:

Post a Comment