शब्द र व्यवहार नै मानिसको वास्तविक परिचय हो । अनुहार र हैसियतको के कुरा ? त्यो जो आज छ भोलि नहुन पनि सक्छ । यसर्थ पनि लेखन महत्वपूर्ण छ भन्ने आशय यहाँ उजागर गर्न चाहेको हुँ । लेखनले तत्कालीन समयलाई कैद गरी राख्ने क्षमता राख्दछ । अहिले भएको भाव विचार केही बेरपछि हराउन पनि सक्छ, स्मृतिपटलमा दोहो¥याएर नआउन पनि सक्छ तर शब्दमा लेखियो भने त त्यो आजीवन अभिलेखका रुपमा रहिरहन्छ ।
लेखन आरम्भका बेला रहरै रहरमा लेखेँ । मनमा मडारिएका भाव विचारहरूलाई अभिव्यक्त गरी मन हलुङ्गो पार्नका लागि लेखेँ । देखासिकीमा लेखक बनी टोपल्ने चाहनाले लेखेँ । “फैलियो माया दुबोसरी कहिल्यै घटेन, कहाँ राखुँ तिम्रो याद दिलमा अटेन...” यो पनि मेरो प्रारम्भिक कालीन रचना नै हो । यसरी हेर्दा रहरै रहरमा गरिएको रचना यदि आत्मैदेखि सृजित हो भने बाल, युवा, वृद्ध जोसुकैले मन पराउने स्तरको बन्दो रै’छ, मैले यो अनुभव साझा गर्न चाहेँ । अचेल लेखन मेरालागि गहन विषय बनेको छ । जति बुझ्यो उति कठिन भने झैँ रहरले मात्रै होइन अब त म प्रायः जिम्मेवारी बोध, कर÷वाध्यता, अनुरोधमा समेत लेख्ने भएकोेछु ।
शनिबार साहित्य
Tuesday, November 21, 2023
म किन लेख्छु? (अङ्क ४ मा प्रकाशित)
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment