Sunday, December 3, 2023

म किन लेख्छु ? (अङ्क ७ मा प्रकाशित)

जब श्रमजीवी वर्गमाथि वाइघाट कुटपिट हुन्छ । परिश्रम लुटेर शोषकले अत्याचार गर्छ । प्रवासीहरुमाथि अन्याय र अत्याचार, सिमानाहरुमा लुटपाट हुन्छ । त्यतिबेला मेरो हातमा कलम हुन्छ । त्यसको विरुद्धमा आवाज उठाउन आफ्नो कर्तव्य ठान्दछु र लेख्छु त्यो निर्दोष श्रमजीवीको पक्षमा ।

जब मेरो देशमा दुश्मनको चलखेल हुन्छ अनि देशका नेपाल भनौदाहरुको उनैको अगाडि झुकेको शिर हुन्छ । त्यसबेला सगरमाथा ठिङ्ग उभिएको दोख्छु । दुश्मनसित लड्ने औकात मलाई हिमालले दिन्छ । त्यतिखेर आफूलाई वीर गोरखालीको सन्तान भएको महसुस हुन्छ । जसले नालापानीको लडाइँ लडे, जुन बलिदान देशका सुरक्षाका लागि गरेको हो । दुश्मन विरुद्धको सङ्घर्षले एउटा नयाँ बाटो तय गर्नेछ । अनः देशको लागि सदैव लेखिरहुँ जस्तै लाग्छ । यिनै शक्तिले मलाई हरबखत जागरुक ल्याइराखेको हुन्छ ।

No comments:

Post a Comment