Sunday, December 3, 2023

म किन लेख्छु ? (अङ्क ७ मा प्रकाशित)

लेखनकला आफैमा एउटा गरिमामय अभिलेखीकरण सिर्जना हो । म किन लेख्छु ? प्रश्न आफैले आफैलाई सोधिरहेको छ । लेखन अभिमत र सम्वाद पक्ष त्यस्तो कालजयी सिर्जनात्मक कला हो, जसको ज्ञान, सिप, श्रम, क्षमता र विवेक राष्ट्र, मुलुक, समाज र व्यक्ति विशेषको लागि समेत कल्याणकारी बन्न सकोस् तर यसको विपरित लेखनका लागि लेख्ने र रहरका लागि लेख्नुले समाजमा खासै अर्थ राख्दैन् भने आफ्नो आत्मसन्तुष्टिको लागि लेख्नेहरुको जमातको भीड पनि ठूलै छ ।

गुणात्मक लेखनको माध्यमद्वारा समाज र राष्ट्रको लागि उत्कृष्ट लेखन हुनसक्यो भने लेखकलाई आत्मसन्तुष्टि त सहजै रुपमा प्राप्त हुने अक्षय सम्पत्ति हो, तर आजकाल लेखन सिर्जनालाई हल्काफुल्का रुपमा लिँदै घरमा खेताला राखेर पैसाको आडमा पुस्तक लेख्ने र प्रकाशन गर्ने प्रवृत्ति बढेको छ, जुन सबैको लागि हानीकारक छ । त्यसैले म राष्ट्र र समाज कल्याणको लागि लेख्छु – नेपाल अधिराज्यमा तनहूँ र नेपाली पुरस्कारको इतिहास जस्ता मेरा यी भिमकाय ग्रन्थ यसकै जीवन्त उदाहरण हुन ।

No comments:

Post a Comment