Thursday, April 18, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

 नियतिको निसाना

- इन्दिरा चापागाईं
सूर्यविनायक न. पा. भक्तपुर      


"आहा ! क्या चीज छ यार" रुपसीको रुप देख्दा जो कोही लोग्ने मान्छेलाई लोभ लाग्थ्यो र धेरै लोग्नेमान्छेको मुखबाट यस्तै चर्चा हुन्थ्यो । लुगा सिलाउन बुटिकमा जाँदा उनको शरीरको टिमिक्कको बनौट देखेर स्वास्नी मान्छेसमेत छक्क पर्थे । उनको स्तनको आकार र बनौट देखेर ईष्र्या गर्थे । उनी पनि आफ्नो सुन्दरताप्रति उत्तिकै गर्व गर्थिन् । गर्व मात्र होइन, घमण्ड पनि । खानपान र व्यायाममा उत्तिकै ध्यान दिन्थिन् । निकै मेहनतले चालीस वर्षे उमेरमा पनि ‘फिगर मेन्टेन’ गरेर पच्चीस वर्ष जस्तै देखिन्थिन्।


उनलाई आज अलि अस्वस्थ अनुभव भयो र अस्पताल पुगिन् । जाँच परीक्षणपछि रिपोर्ट हेर्दै डाक्टरले भने, “तपाईंलाई स्तन क्यान्सर भएको छ । अप्रेशन गरेर दुवै स्तन फाल्नुपर्छ ।” 


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment