Monday, May 20, 2024

लघुकथा (अङ्क १२ मा प्रकाशित)

आशिर्वाद

नवशिला
नवदेव मार्ग, नेलबारी लालभित्ती, मोरङ  



एसईई परीक्षा सुरुहुने पहिलो बिहान सुरेस र सबै साथीहरु विद्यालयको चौरमा भेला भए । परीक्षा आठ बजेबाट सुरु हुने थियो । सुरेसको परीक्षा केन्द्र नजिकैको विद्यालयमा परेको थियो । सबै साथीहरु परीक्षा केन्द्रै जानुपूर्व विद्यालयको प्राङ्गणमा भएको सरस्वतीको मन्दिरमा गएर प्रार्थाना गरे टीका लगाए र स्कुलको बसमा चढ्न थाले । सुरेस भने दौडिएर प्रधानाध्यपकको कार्यालय कक्षतिर गयो र ढोकाबाट हेडसरलाई सम्बोधन गर्दै बोल्यो - “मे आई कम ईन सर?“

प्रधानाध्यापकले सुरेसलाई यसरी दौड्दैं आएको हस्याङफस्याङ अवस्थामा देखेर बोले - कम ईन सुरेस.... किन यता आएको परीक्षा दिन जान ढिला हुन्छ नि फेरि के भयो?’’

सुरेसले हँसिलो चेहरा बनाउँदै बोल्यो - “आज हाम्रो एसईई परीक्षा सुरुहुने पहिलो दिन हो  सर ! हजुरहरुले खुब मेहनत गरेर हामीलाई पढाउनु भो सिकाउनु भो... म तपाईंको चरण छुन र आशिर्वाद लिन आएको हुँ सर ! हजुरनै हाम्रो सरस्वती माताको हो हाम्रो विद्याको मन्दिर हो मलाई आशिर्वाद दिनुस् ताकि आज राम्रो उत्तर लेख्नसकूँ ।’’

सुरेसको कुरा सुनेर हेडसर निक्कै खुसी हुनु भो र उसलाई अगालो मारेर शिरमाथि हात राख्दै आशिर्वाद दिनुभो ।

सुरेस दौडेर बस भएतिर लाग्यो... हेडसर भने सुरेसलाई हेरेर मुस्कुराई रहनुभयो ।


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment