Monday, May 20, 2024

लघुकथा (अङ्क १२ मा प्रकाशित)

व्यक्ति पूजा

सुरेशकुमार पाण्डे
दाङ घोराही १८   



"गदरफण्ड राजनीति" किन्नुहोस् र ज्ञान हासिल गर्नुहोस् । लेखक अमिलालजी ।

अमिलाल कति शङ्घर्षसिल मानिस हुनुहुन्छ भन्ने कुरा उहाँकै मुखारबिन्दुबाट सुनौँ । व्यवहारले पनि प्रष्ट देखाएको छ । यो महान पुस्तकको मूल्य मात्र एकहजार ।’’ -ठग्गुलाल सभाहलमा किताब बेच्दै थियो ।

“हलमा बसेका कार्यकर्ताहरू लाज-काज किताब किन्दै थिए । किनकी अमिलाल पार्टी प्रमुख हो । उसले दिनलाई रात भनेपनि र रातलाई दिन भनेपनि त्यो पारित हुन्छ । कार्यकर्तामूलक सभा चल्दै थियो ।

कार्यकर्ता जिल्ला-जिल्लाबाट उसैका समर्थकहरू मनोनित भएकाछन् ।

“सर ! किताब लिनुहोस्; सुपथ मूल्यमा मात्र एकहजार ।’’ -विक्रेता नगिचै आएर भन्यो ।

“धिरज आफ्नो खल्ती छाम्यो खल्तीमा अड्कलेको भाडा मात्र थियो । उसले नलिनेमा पुग्यो र इसारामा मुन्टो हल्लायो ।

“के भनेको हजुरले यो त नपढी नहुने किताब हजुरले बाजारबाट किन्दा बाह्र सय पर्छ ।’’ -विक्रेताले जिद्दी गर्दै भन्यो ।


“मसँग भाडा मात्र छ खल्तीमा । अहिले नलिने पछि लिनुपर्ला ।’’ -धिरजले विन्रम आफ्नो समस्या बतायो । अमिलालको ध्यान धिरजतिरै थियो ।

नजिकै बसेको आफ्नो चेलोलाई इसारा गर्‍यो । चेलो जुरूक्क उठ्यो र धिरजको नजिक गयो । “कति चाहिन्छ दाम घर पुगेर दिनुहोला । यस्ता महान् व्यक्तिका पुस्तकहरू खोजी खोजी पढ्नुपर्छ ।

चेलो किताबको मूल्य थमाउँदै भन्यो ।

अमिलालका दन्त्यकथा सबै धमाधम विक्री भए । अमिलालको छाती चाक्लो भयो । नजिकैको मेचमा विक्रीका लागि राखिएका महान् दार्शनिकहरूका विश्व प्रसिद्ध कृतिहरूले ट्वाल परेर हेरिरहेका थिए ।


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment