प्रिय जून !
उदात्त हृदयपटलमा मजेदार सपनाहरू बटुल्दै जिन्दगीको यान हाँक्दैछु तिम्रो अक्षुण्ण पहराले आश्वस्त जिन्दगी कुदाउँदै शान्तिको सगरमाथा आरोहण गर्दैछु हर निमेषमा पहराको आभास हुने तिम्रा सुकोमल आयतनमा स्वयं भातृत्व भेट्दैछु र त्यो निश्चिन्त आत्मोत्सर्गमा जीवनको लगाम बेर्दैछु प्रिय जून ! तिम्रो पुण्यशील वात्सल्यतामा लपेटिँदै अनायास यी दिव्य चक्षुबाट निरन्तर आनन्दाश्रु बगाउँदैछु तिम्रो प्रदीप्त कान्तिमा म आफ्नो जीवनको मृदुल धुन रेट्दैछु तिम्रा अगणित दृष्टिले यो मानसपटलमा आकृष्ट बनाएकोछ ऊ पर चियाइरहेका पुच्र्छ्रेताराहरूको बिचमा तिमी निक्कै तेजस्वी छौ सुकोमल छौ त्यो आकाश गङ्गाबाट छरिदिएको तिम्रो किरणले मेरो निश्चल पथलाई ज्योतिर्मय गराएकोछ तिम्रो अखण्ड वात्सल्यतामा जुर्मुराउँदै म यो जिन्दगीको अस्तित्व थप्दैछु प्रिय जून ! तिम्रो रोशनीमा ऊर्जाशील मेरा पदचापहरू निरन्तर कुदाउँदैछु प्यारो जून ! खण्डहर बनेका मेरा जीवनका सफरहरू अपनत्वको कुण्डमा तैरिदैछन् क्रमशः दरिलो मुटु बोकेर तिम्रै निग्रानीमा कुदाइरहेछु जिन्दगीको मृदुल गाडी तिमी यसैगरी सदैव मेरो पहरेदार बनिदिनू ।
******************
श्रमिक तिमीलाई नमन
नेतृत्वले नै गलत राजनीति गरेपछि भागबन्डा मै देश रित्याएपछि धर्म र संस्कार टुक्रयाएपछि चाप्लुसी र चाकडीवाद भित्र्याएपछि राम्राहरू ओझेल परे हाम्राहरूको लाम लगाएपछि कसरी बन्छ देश यहाँ ? बाइसे टाकुरे राजा भरिएपछि के उन्नति भयो प्रदेश जन्माएपछि? विदेशी संस्कृति समाएपछि असल व्यक्ति पाखा लागे हाम्राहरूलाई जुटाएपछि त्यसैले टाट पल्टियो यहाँ निमुखाहरूको ढाट पड्कियो यहाँ तल्लो वर्ग झन् तल छ माथिल्लो तह उठेकैछ धनले धन तानेकैछ गरीबलाई छुरा हानेकैछ के हुन्छ कठै! विकास यहाँ कसरी पाउने निकास यहाँ ? बालुवाटार खचाखच भरियो सोझा साझा त्यसै मरियो नेपालीहरू विदेशतिर विदेशीहरू नेपालतिर श्रमिकको जीवन उस्ताको उस्तै नेतृत्ववर्ग झन् माथि उठ्दै आदर्शमा खडेरी लाग्यो नैतिकता किनारा लाग्यो शिक्षामा व्यापार चलेकै छ विद्वानको मन गलेकैछ हत्या र हिंसा फस्टाउँदैछ शान्तिको जून अस्ताउँदैछ जनताको सपना तुहिदै गयो गरीबको धुरी चुहिँदै गयो आऊ श्रमिक हात समाऊ गोलबन्द भइ बत्ती बलाऊ श्रमको फूल रोपेर यहाँ विकासको माला तिमीले लगाऊ भ्रष्टाचारी टाढा भगाऊ यो देश तिम्रै काँधमा चढाऊ गलत नेता दूर भगाऊ यो देशको गिटार तिमीले बजाऊ विदेशका युवा नेपाल मै फर्काऊ यो देश तिम्रै श्रमले सजाऊ तिमीलाई हार्दिक सम्मान तिमीलाई सदा सदा नमन!
No comments:
Post a Comment