Friday, July 26, 2024

रत्नप्रसाद अनामणि श्रेष्ठका तीन कविता


 

सानो संसार


बटुल्नु सानु तिमीले संयोगका ईंट्टाहरु नभासिने एउटा घर‌ बनाउनुछ सबैको आउँछ रुने पालो तिमीलाई थाहै होला शत्रुको अर्को नाम नै आफन्त संगालेर राख सम्झनाका बीउहरू ! कुनै दिन चोट र खोट दिने माथि उमार्नु छ हाम्रो अभावका जूनहरु मैले पनि बटुल्नु छ छाती मै गाढेका आफन्तका बोलीहरू तिनै बोलीहरूलाई पल्टाएर बनाउनुछ हाम्रो सानो संसार बनाउनुछ हाम्रो सानो संसार ।

******************




बाँदर समूहबाट मुक्त बनाऔं ..
फेरिएछ बाँदरहरु समूह
हिजो अर्कै बाँदर थिए, हाम्रो प्यारो जंगलमा आज अर्कै  बाँदर समूह आए। ती समूह कहिले कस्को कहिले कस्को आ-आफै झगडा गरेर एक अर्को समूहमा मिलेर हाम्रो जङ्गलमा राज गर्छ ।    हाम्रो भाग्यलाई दिक्दारी बनाउँछ, डाँडा कटाउनु पर्ने त्यो समूहलाई आउँछ कहिले टोक्न / कहिले चिर्थोन आउँछ अभाव हाँसेरे बाँचेको हाम्रो जीवनलाई त्यो थेग्न नसक्ने स्वतन्त्रता त्यो भोग्न नसक्ने प्रजातन्त्र देख्न नसक्ने त्यो गणतन्त्र बाँदरका समूहले खुब फाइदा लिए ।
आऊ त्यो लाञ्छ‌नाका तारेभीरबाट हाम्रो वेद‌नाको खहरेखोलाहरूबाट ती बांँदरका समूह‌लाई लेखेटौ । हाम्रो प्यारो जङ्गललाई बाँदरबाट मुक्त बनाऔं ... मुक्त बनाऔं ... मुक्त बनाऔं ...

******************

टोखा नगर

शिवपुरीको न्यानो काख
प्राचीन सफा सुन्दर टोखा नगर हात्तेमालो गर्दै अगाडि बढेको विविधतायुक्त शहर ..... चाकु नगर मिलेको छ झोरमहाङ्काल, टोखा चण्डेश्वरी, टोखा सरस्वती धापासी, गोंगबुँ प्रगतिपथमा
लम्किरहेको सुन्दर बस्ती साङ्ले खोला,
सपनतीर्थ बगिरहेछ पबित्र विष्णुमति गहनापोखरी, गणेश पोखरी,
स्नानकुण्ड प्यारो छ मनैदेखि शिवपुरीको न्यानो ............ बौडेश्वर, महेश्वर, चण्डेश्वरी,
सपनतीर्थ, बसुन्धरा देवी यहाँको हावा, यहाँको पानी,
यहाँको माटोमा कोर्नुछ भावी बीच बिनायक, मनोहर तीर्थ, सरस्वती, भुतखेल सम्पूर्ण जाति, भाषा र धर्ममा देखाउनु छ प्रगाढ मेल शिवपुरीको न्यानो ........... - नाला बनेपा -४ ,काभ्रे

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  
trichandra.shrestha@gmail.com

No comments:

Post a Comment