Sunday, July 21, 2024

अनुवाद लघुकथा (अङ्क १४ मा प्रकाशित)

युगको सत्य

- डा. राजेन्द्र परदेसी 
लखनऊ, भारत  



अस्पताल अझै पनि खोलेको थिएन, तर डाक्टरलाई देखाउन कार्ड बनाउने लाइनमा उभिएर मान्छेहरू काउन्टर खोलिने प्रतीक्षामा थिए । त्यहीबेला एउटी महिलाले आफ्नो पछाडि उभिएकी वृद्धालाई सोधिन्- 

- तपाईं कसको लागि कार्ड बनाउनु आउनुभएको हो ?

- छोरीको लागि ।

- छोरीको ससुरालीमा कोही छैनन् ?

- छन् सबैजना ।

- त्यसपछि 

- त्यसपछि के ? 

वृद्धाले आफ्नो पीडा व्यक्त गरिन् - 

- आजकालका केटीहरू बिहेपछि श्रीमानसँग एक्लै बस्न चाहन्छन् । सासु-ससुरासँगको बस्न चाहन्छन् र ...

यो कुरा चैं हो ... ती महिलाले पनि सहमति जनाइन् । 

वृद्धाले कुरा थप्दै भनिन् - सुत्केरीको समय कुन मुखले सासु-ससुराकोमा जान्छे भन्दै लाचारी पनि व्यक्त गरिन् । 

- आमा हो सबथोक पुरा गर्थे नै ।

- यो सत्य हो ... तर के गर्ने ?

महिलाले यति मात्र भनिन् ।

काउन्टर खोलियो, सबैजना आ-आफ्नो कार्ड बनाउन व्यस्त भए ।

- ’वृद्धा पनि’ युगको सत्यलाई स्वीकार गर्दै लाइनमा अगाडि बढ्न थालिन् ।

अनुवादकः  कमला तामाङ
(हिन्दी भाषाबाट अनुदित)


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment