Sunday, July 21, 2024

अनुवाद लघुकथा (अङ्क १४ मा प्रकाशित)

 समर्पित

- केशर मान ताम्राकार
शिकागो, अमेरिका    


मेरी प्रेमिकाको विवाह भइसकेतापनि मैले मेरो पुस्तक उहाँको नाममा समर्पित गरेको थाहा पाएर पनि एकजना पाठकले त्यो किताब अगाडि नै राखेर प्रश्न गर्छन् किन यो किताब आफ्नो प्रियजनलाई समर्पण गर्नुभयो ?

म मौन छु, जवाफ दिन असमर्थ छु । उसले अर्को प्रश्न थप्छ ।

आफ्नो नभएको मान्छे प्रति किन यति धेरै विश्वास, माया ...?

यो प्रश्नको पनि मसँग जवाफ थिएन । फेरि, त्यहाँ अर्को प्रश्न छ ।

तपाईंले सायद अरू उपन्यासहरू पनि लेखिराख्नु भएको हुनुपर्छ?

लेख्दै छु । मैले छोटो जवाफ दिएँ ।

- त्यसो भए त्यो उपन्यास कसलाई समर्पित गर्ने योजनामा हुनुहुन्छ ?

उसले जिज्ञासाका साथ सोध्छ ।

मेरो मुखबाट फ्याट्ट उत्तर निस्कन्छ, मेरो बच्चालाई !

(नेपालभाषाबाट अनुदित)


.....साथ सहयोगको खाँचो

No comments:

Post a Comment