Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

घाम-पानी

- सूरज गजुरेल
तेलियागाउँ, तेजपुर (असम)  



महिनौं कहिले यो अफिस, कहिले त्यो अफिस धाएर हिजो मात्रै सोहन मास्टरले बल्ल तल्ल घरको ऋण मञ्जुर भएको कागज पाए पछि ढुक्क मनले तृप्ति साथ रातिको भोजन सबैसँगै बसेर खाए । आज परिवारमा खुसीको माहौल थियो ।

सबै आनन्द चित्तले निन्द्रा देवीको काखमा ढल्केका थिए कि थिएनन्, मास्टर बाबु छाती समातेर अईया-आथु गर्दै, बाहिर आँगनमा निस्के । हल्ला खल्ला सुनेर घरका अरू पनि आँगनतिर दौडे । बाउलाई रगत छाद्दै गरेको देखेर मास्टर बाबुको ठूलो छोरो आत्तिदै काँध समाउन पुगे । केही बिसेक भएपछि मास्टर बाबुलाई समातेर जसोतसो ओछ्यानमा ल्याएर सुताइयो । रात तेस्तै अन्योलमा बिते । 

भोलिपल्ट बिहानै डाक्टरकोमा पुर्‍याइयो अनि धेरै जाँच पछि मास्टर बाबुलाई क्यान्सर बिमार भएको पत्तो लागे । वर्षौं देखिको आफ्नो निजी घर बनाउने सपना बैंकबाट ऋण लिएर भए पनि पुरा हुने चाँजो मिल्दा नमिल्दै यो नसोचेको आपत् आई परो मास्टर बाबुको भाग्येमा । अब भने धर्म संकटमा परे मास्टर बाबु र उनका परिवारजन । बैंकमा बिस लाख जम्मा हुन्छ, तर तो रूपैयाँ घर बनाउनमा मात्रै खर्चिन पाईन । यता मास्टर बाबुलाई मुम्बई लगेर राम्रो उपचार गराउन सके निको हुने पूणर् सम्भावना रहेको । 

जीवन जिउन कसलाई पो रहर नहोला तर आफ्नो परिवारमा पर्ने आर्थिक भार साथै बैंकमा जम्मा भएका रूपियाँ खर्च गर्ने विशेष प्रतिबन्धलाई सम्झँदै, मास्टर बाबुले गुवाहाटी बि बरूवा क्यान्सर हस्पिटल मै जे-जस्तो उपलव्ध उपचार गर्ने मनमनै अठोट गरी बसे ।

उता परिवारमा भने मास्टर बाबुको यस्तो सिद्धान्तलाई कसै गरी मानि लिन नखोज्ने ढीप्पी छदैं थियो । यस्तै असमञ्जसको स्थितिमा एउटा शिक्षकको जीवन मृत्युको खेल चलिरह्यो कयौं महिनासम्म.....


 .....साथ सहयोगको खाँचो

No comments:

Post a Comment