Friday, August 16, 2024

वीरेन्द्र पाठकका तीन गीत




सपना र बिपनाका...

सपना र बिपनाका कुरा गरूँ कि मनमा लागेका केही कुरा भनूँ कि ।

कलेजका दिन मेरा बिपना नै त लाग्थे स्कूलका दिन पनि बिपना नै त लाग्थे गुरुजन, कक्षा आदि लाग्छन् आज सपना बिपनालाई स्वप्न भनूँ कि, भनूँ अझै बिपना ! भन्नलाई त भनिदिन्छु देख्छु राति सपना बितेको बिपना पनि लाग्दो रै'छ सपना स्वप्नलाई स्वप्न भनूँ कि, स्वप्नभित्रको सपना जिन्दगी आधा बिपना, कि हो पूरै सपना !

**********

चाहिन्छ है चाहिन्छ...

चाहिन्छ है चाहिन्छ केही निद्रा चाहिन्छ कसरी होला यो सित्तैमा पाइन्छ । फुर्सदै फुर्सद भए निद्रा हराउँछ मनमा कुरा खेलिरहे निद्रा हराउँछ दिनभरिको थकाइले निद्रा निम्त्याउँछ अरू तरिका निद्राले कहाँ पत्याउँछ । धेरै निद्रा लागे समय निद्रामै गइगो धेरै कुरा गर्न समय थोरै नै भइगो आज निद्रा नलागे नि भोलिपल्ट लाग्ला यो आराम भागी-भागी कति अन्त जाला ।

**********

नयाँ बिहानीमा...

नयाँ बिहानीमा फेरि मुस्कुरायो मन बहँदो हावाले जब भन्यो स्वागतम । हरिया रूख कति-कति यहाँ वरिपरि कुन जाँगरले बन्यो यस्तो सुन्दर नगरी जो आउँछ यो ठाउँमा मुग्ध भइहाल्छ मुग्ध भै सुन्दरता यसको मनमा बसिहाल्छ । नचिनेकाले नि हिँड्दा अभिवादन गर्ने देखिएनन् कोही यहाँ भेदभाव गर्ने मद्दत गर्न सधैँभरि अघि-अघि सर्ने
लाग्छ ईश्वरलाई यस्तै मान्छे मनपर्ने ।


...साथ सहयोगको खाँचो


No comments:

Post a Comment