Monday, September 23, 2024

लघुकथा समाचार

 

फोटोः ध्रुवराज थापा

बृहत् लघुकथा कृति लोकार्पण


लघुकथाका क्षेत्रमा कलम चलाउने २५ जना लघुकथाकारको एकै मन्चबाट लोकार्पण गरिएको छ । ३ भदौमा साहित्यकार अम्बिका धिताललगायतका २४ लघुकथा कृति १ लघुकथा समालोचना गरी २५ कृतिको एकैसाथ लोकार्पण गरिएको हो ।

लघुकथाकार श्रीओम श्रेष्ठ रोदन, खेमराज पोखरेल, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, कल्याण पन्तलगायतले उक्त कृतिको संयुक्त रूपमा बिमोचन गरेका थिए ।

साहित्यकार अम्बिका धितालको जूनको जात्रासहित छविलाल खड्का, खेमराज पोखरेल, ममता मृदुल, त्रिलोचन ढकाल, गंगा खड्का, गोपाल संग्रौला, अन्जु शर्मा, कुमुदप्रसाद शर्मा प्याकुरेल, भाभा शर्मा, निर्मल बराल, विश्वराज अधिकारी, डा. कुसमाकर शर्मा गौतम, तुलसी पण्डित, तेजप्रकाश श्रेष्ठको लघुकथासङ्ग्रहको विमोचन गरिएको हो ।

यस्तै रन्जु खनाल, शुक्रराज कुँवर, हिरण्यकुमारी पाठक, रमेन्द्र कोइराला, नवराज शर्मा, डा. हरिप्रसाद भण्डारी, रोशन पराजुली, पीपी कोइराला र सुनिता निरौला पौडेलका लघुकथा कृति लोकार्पण गरिएको हो । यसैगरी प्राडा कपिल लामिछानेको लघुकथा समालोचना गरिएको थियो । कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि रहेका श्रेष्ठले लघुकथाको मानक सिद्धान्त, लघुकथाको अवस्थाबारे आफ्नो भनाइ व्यक्त गरेका थिए । विशिष्ट अतिथि लेकालीले तीसको दशकमा लघुकथाको अवस्था, लघुकथाले पाएको विधागत मान्यता लगायतका कुरा बताए ।

लघुकथाकार खेमराज पोखरेलको अध्यक्षतामा भएको कृतिहरूको लोकार्पण कार्यक्रममा नेपाल लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदन प्रमुख अतिथि र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र कल्याण पन्त विशिष्ट अतिथि थिए ।

बृहत् लघुकथा कृति लोकार्पण समूहले आयोजना गरेको कार्यक्रममा लघुकथाकार पोखरेलको जन्मदिन समेत मनाइएको थियो । स्वागत मन्तव्य साहित्यकार रमेन्द्र कोइरालाले गरेको कार्यक्रमको सहजीकरण ममता मृदुलले गरेकी थिइन् ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment