Monday, December 23, 2024

लघुकथा संसार मासिक अङ्क १९ (सम्पादकीय)

बिरानो त्यो विकास

हिजोआज जहीं पनि विकास नभएको कुरा सुन्नमा आउने गरेको छ । के जताततै लथालिङ्गले थितिले यस्तो परिस्थिति निम्तेको हो र ? यसका पनि आ-आफ्नै पाटो होलान् । हुन त यहाँ सबैलाई विकास चाहिएको छ ! यो कस्तो प्रकार हुनुपर्ने हो । सो बारे चिन्तन-मनन गरेर के कस्तो चाहिने हो, त्यो बारे कसैलाई चासो छैन । विकासको नाममा आज विनाश मात्र बढी देख्ने गरेको पाइन्छ ।

विकासको मूल फुटाउने महावाणी उहिले आएको थियो । विकासको नारा सबैले जप्दै आइरहेका छन् । तैपनि यहाँ विकास किन भएन अथवा हुन दिइएन । यसको खुट्टा कसैले तानेर पो राखेको छ कि ? यो हरेकपल्ट चुनावी नारा बन्नगरेको धेरै भइसक्यो । खै, त्यसको अनुभव कसले गर्न पायो ? भनौं त विकास भनेको हामी कहाँ साइनबोर्डमा मात्र देख्न र पढ्‌न पाएका छौं ।

विकासको स्तरले देश माथि उठेको भए सोही स्तरको व्यवहार हुन्थ्यो । तर जहाँ पुगेपनि त्यहाँ गरिने व्यवहारले हामीलाई देश दुख्न थाल्छ । तसर्थ विकास भनेको आजभोलि बेल पाक्यो कागलाई हर्ष न विस्मात- जस्तै भएको छ । जबसम्म विकासले हाम्रो जीवनस्तर उकासिँदैन, त्यसको अनुभूति नपाएसम्म त्यो आकाशको फलसरह हो । यो विकास चलचित्रको निर्देशक राम्रो र कुशल पाइँदैन । त्यतिञ्जेलसम्म यस चलचित्रको प्रदर्शन मिति सरेको सर्‍यै हुनेछ ।

अन्त्यमा, लघुकथा संसारले सबैको न्यानोपन पाउँदै आएका छौं । हुन त पुष फासफुस भन्छन् । तैपनि जाडो र चिसो बढ्‌दै छ । जे होस्, यतिखेर आफैभित्र उज्यालो जन्माउनु पर्दछ । जसले हामीलाई सदैव तागत दिएको अनुभव होस् ।

अङ्क १९ पढ्न र डाउनलोड गर्नका लागि


---------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment