Wednesday, December 4, 2024

लघुकथा (अङ्क १८ मा प्रकाशित)

 नियम

- ईश्वर पोखरेल     
बोझेपोखरी, ललितपुर  


पहिले अलिक पर तरकारी पसल थियो । त्यहाँ पसलेको आफ्नो दाम हुन्थ्यो; महङ्गो भन्न पाइन्नथ्यो । नजिकै अर्को पसल थिएन, सबै त्यसमै झुम्मिन्थे । 

तरकारी किन्न लाम लाग्नु पथ्र्यो ।

पछि बीचमा तीनवटा तरकारी पसल खुलेछन् । अब प्रतिस्पर्धाबाट तरकारीको मूल्य निर्धारण हुन थाल्यो ।

केही दिन अघिदेखि तरकारीको गाडी नै घरनजिक आउँछ र सबैभन्दा सस्तो दाममा तरकारी बेच्छ ।

अब सबै पसलमा तरकारी गाडीवालाकै दाममा पाइन्छ ।

रामकृपाल सर भन्नुहुन्छ— ‘पानीले आफ्नो सतह आफै मिलाउँछ ।’

म यहीँबाट सोध्छु— ‘रामकृपाल सर ! पानीको त्यो नियम के बजारको हकमा पनि लागू हुन्छ ?’


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment