विश्वकर्मा पूजा
- दुर्गा पी. अधिकारी
सिंगताम सिक्किम
बिहानै उठेर मेरो थोत्रे गाडीलाई पुछपाछ गरें । म भने नुहाउँन पाइनँ । जाबो एक बाल्टी पानी गाडी पुछपाछ गर्दा सकियो । मलाई नुहाउन पुग्ने पानी थिएन ।
बजारको ठाउँ पानीको हाहाकार हुन्छ । लोहोटामा भएको अलिकति पानीले अनुहार पुछेर भगवान् विश्वकर्मा बाबाको पूजा मण्डपतर्फ लागेँ ।
साथीहरू भेला भएका थिए । सुकिला लुगा लगाएर चिटिक्कै परेर नयाँ गाडी सजाएर पूजा सामग्री हातमा लिएर बसेका थिए ।
आफू भने हाफ पाइन्ट लगाएर थोत्रे गाडीको वरिपरि घुमिरहेंको थिएँ ।
साथीहरूले बालाजी मिष्ठान भण्डारबाट ल्याएको मिठाई चढाउन थाले ।
मैले भने हिजो श्रीमतिले माइतबाट आउँदा अम्बक ल्याएको त्यसैलाई प्रसादको रुपमा अर्पण गरें ।
“मलाई तपाईंले किन नयाँ गाडी दिलाउन कन्जुस्याइँ गर्नुभयो प्रभु?’’ भगवान विश्वकर्मालाई गुनासो चढाएर थोत्रे गाडी हाँक्दै घर फर्किएँ ।
....साथ सहयोगको खाँचो

No comments:
Post a Comment