मनीषकुमार शर्मा 'समित'को 'अर्धशताब्दी' लोकार्पण
मनीषकुमार शर्मा ’समित’द्वारा लेखितको तेस्रो लघुकथासङ्ग्रह ’अर्धशताब्दी’को मङ्सिर २० गते लोकार्पण भएको छ ।
कृतिकारको ५०औँ जन्मदिनको अवसर पारेर सिर्जना अभियान समाज, भक्तपुरको आयोजनामा कौशलटारस्थित एक रेस्टुरेन्टमा आयोजना गरिएको सो कार्यक्रममा हाम्रो लघुकथा केन्द्रका तर्फबाट केक काटेर सम्मान प्रदान गरियो ।
सो कार्यक्रममा कृतिकारका माता आशा अर्याल, धर्मपत्नी जमुना ओझा र परिवारगण, अतिथि डा. हरिप्रसाद भण्डारी, दिव्य गिरी, सानुराज श्रेष्ठ अञ्जान, इन्दिरा चापागाईँ, कात्यायन, अश्विनी कोइराला, ललिता ॅदोषी’, अम्बिका धिताल लगायत लगभग ५ दर्जन साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
---------------------------------------
.....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment