मन्त्री
- नवशिला
बेलबारी –२, नवदेव मार्ग, लालभित्ती, मोरङ
सार्क देशका अर्थमन्त्रीहरूको भेला थियो । प्रायः सबैजसो देशका मन्त्रीहरूले निक्कै मिठो र अर्थपूर्ण विचारहरू प्रस्तुत गरे, धेरैजसो व्यक्तिहरूले आफ्नै राष्ट्रिय भाषालाई प्राथमिकता दिए र आफ्नै भाषामा बिचार प्रस्तुत गरे ।
हाम्रो अर्थमन्त्रीज्यूले आफ्नो पालो आएपछि सेतापानामा लेखिएका ठूला ठूला अङ्ग्रेजी अक्षर कनिकनि पढ्नु भो ।
'केएनओडब्लु'लाई ’कोनो’ भन्नु भो, 'एफयुटियुआरई’लाई ’फुटुरे’ भन्नु भो ।
घरिघरि अक्कमकिनु भो, बेलाबेला भकभकाउनु भो । कार्यक्रम सकिएपछि खानपिनको माहोल चल्यो ।
एकाआपसमा कुराकानी सुरु भो । हाम्रा अर्थमन्त्रीज्यू ङिच्चङिच्च गर्दै सबैको टेबुलमा पुग्नु भो । टेबुलमा कुराकानी भइरहेको थियो ।
– यी नेपालका मन्त्रीले केमा विज्ञता हासिल गरेर अर्थमन्त्री भएका रहेछन्?
– अनि यिनको पढाई चाहिँ कति रहेछ नि अङ्ग्रेजी पनि बोल्दैथे?
– अनि आफ्नै भाषा चाहिँ यिनलाई मन पर्दैन रहेछ कि क्या हो?
– खासै काम गर्ने जस्तो त लागेन कसरी मन्त्री भएछन्? …..आदि आदि ।
…………………………………..
यसै बिचमा एकजना नेपाल बसेका सार्क देशका कुटनीतिज्ञ यी सब प्रश्नको जवाफ फर्काउँदै थिए ।
– भ्रष्टाचारमा विज्ञता ।
– आठ कक्षा पास ।
– न आफ्नो भाषाको सम्मान गर्छन् न अर्काको भाषा नै जान्दछन् ।
– अहिलेका प्रधानमन्त्रीका खल्तीका मान्छे । …..आदि आदि ।
---------------------------------------
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment