Sunday, December 29, 2024

लघुकथा (अङ्क १९ मा प्रकाशित)

कर्म र फल

- धर्मराज पौडेल अल्पायु
चाबहिल– ७, काठमाडौँ   


बाटोमा एउटा बस दुर्घटना परी यात्रुहरु छटपटाई रहेका थिए । त्यहाँ कोही कसैले सहयोग गर्न पुगेका थिएनन्  ।

गाउँकै लेखे नामका पन्डित र साथीहरू बाटोमा हिड्दै गर्दा बस दुर्घटना परेको देखे ।

बसको नजिक आइपुग्दा त्यसभित्र यात्रुहरू छटपटाई रहेको देखे । लेखे नामक पन्डितले साथीहरूलाई भने ल साथी हो ! यिनीहरूको उद्दार गर्नु पर्‍यो भनेर बसभित्रका यात्रुहरूको उद्दार गर्दैगर्दा नजिक गाउँकै एक युवा आईपुग्यो र लेखे पन्डित र तिनका साथीहरूलाई भन्न थाल्यो – 

"किन उद्दार गर्नुहुन्छ ? नगर्नुहोस् । यिनीहरूले आफ्नो कर्मको फल भोगेका हुन् ।"

लेखे पन्डित र साथीहरूले ती युवालाई भने भाइ हो तिमीले भनेको ठिक हो ।  हिजो, आज र भोलि गरिएका कर्मका फल यसरी नै भोग्ने हो । 

तर यिनीहरूले हिजो पाप गर्नाले आज यो दुःख पाई छटपटाई रहेकाछन् र हामीहरूले यिनलाई उद्दार गर्न पायौं ।

आज हामीले राम्रो काम गरे कर्मको फल पनि भोलि पाउने छौं ।

यिनीहरूले हिजो राम्रो कर्म गरेको भए आज हामीले राम्रो कर्म गर्न पाउने थिएनौं ।

यी यात्रुको भाग्यमा दुःख पाउन लेखेको रहेछ ।

त्यसैगरि हाम्रो भाग्यमा पनि यिनीहरूको सेवा गरेर पुण्य कमाउन लेखिएको रहेछ । त्यसैले हामी सेवा गर्दैछौं । लेखे पन्डितको कुरा सुनेर ती युवाको मन फेरियो र ऊ पनि सेवा कार्यमा जुट्यो ।

त्यसैले अर्काले के गर्‍यो के गरेन तिर नलागी आफू आफ्नो काममा लाग्नु नै कर्म हो ।


---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment