Thursday, January 23, 2025

म किन लेख्छु ? (अङ्क २० मा प्रकाशित)


नको बह पोख्न अतीतमा समयको करौंतीले चिरेर घायल बनाएको  हृदयलाई केही राहतका मलहम लगाउनका लागि साथै आफूले देखेका सुनेका सामाजिक, आर्थिक, राजनीतिक एवं पर्यावरणमा देखिएका परिवर्तन तथा विकृति औँल्याउन म लेख्छु ।

मनको सागरमा उर्लेर आएका भावनाका लहरहरू पुस्तकमा कैद गर्न । मनको पँधेरीमा भरेर पोखेका भाव नयनबाट थोपा थोपा भइ झरेका आँसुलाई साहित्यिक रूप दिई बटुली सम्भाली राख्न । समष्टि रूपमा अन्तरहृदयका भावहरूलाई व्यक्त गरी आत्मसन्तुष्टिका खुराक स्वरूप जगेर्ना गर्न म लेख्छु ।

नेपाली, नेपालभाषा एवं विभिन्न भाषा भाषिक साहित्य सागरमा केही साहित्यिक बुँदाहरू थप्ने सानो प्रयास  साथै  साहित्य नै वास्तविक देशको  एक किसिमको समसामयिक वस्तुस्थिति झल्काउने ऐना हो । अतः साहित्यको माध्यमबाट दर्शाउन एवं आउने भावी पुस्ताका लागि भएपनि साहित्यिक रचनाहरूद्वारा विगत समाजका वस्तुस्थिति बोध गराउने र सामाजिक सांस्कृतिक एवं राजनीतिक झलकहरू दर्शाइ साहित्यिक रूपमा जगेर्ना गरिराख्न म लेख्छु ।

यस्तैगरि साहित्यिक जगतमा प्रवेश गर्न चालेका मेरा कदमले आफ्नो पनि साहित्यिक जगतमा नाम दर्ता गर्ने एक किसिमको प्रयास पनि हो । वास्तविक रूपमा साहित्य मेरो निम्ति अलौकिक साहित्य संसारको गहिराइमा हराई मनको शान्तिको असीम आनन्द लिने माध्यम वा स्थल पनि हो ।

कहिलेकाहीँ आफूले भन्न र व्यक्त गर्न नसकेका हृदयका भावनाहरू  प्रदर्शन गर्ने प्रदर्शनस्थलजस्तै लाग्छ साहित्य चौतारी तसर्थ भावहरू प्रदर्शन गर्न पनि लेख्छु ।


--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment