Thursday, June 19, 2025

कविता संसार मासिक अङ्क २२ (सम्पादकीय)


नेपालमा पत्रिका, विशेष गरी साहित्यिक पत्रिका, चलाउन चुनौतीपूर्ण छ । लेखन, सम्पादन, प्रकाशन र प्रवद्र्धनसमेतका सम्पूर्ण प्रक्रियामा आर्थिक खर्च आवश्यक पर्छ । कविता अनलाइन प्रकाशन भएपनि, निरन्तरता र गुणस्तर कायम राख्न पाठक तथा शुभचिन्तकहरूको आर्थिक योगदान नै प्रमुख आश्रय हो ।

हाम्रो यात्रामा तपाईंहरूको नियमित सहयोगले अहिलेसम्म कविता संसारलाई निरन्तर राख्न मद्दत गरिरहेको छ । भविष्यमा पनि आर्थिक रूपमा तपाईंहरूको स–सानो योगदानले हामीलाई स्वतन्त्र र स्थिर बनाउँछ ।

साहित्य यात्रामा साथ दिनुहुने समस्त साहित्यप्रेमी, लेखक, पाठक र शुभेच्छुकप्रति कविता संसार हार्दिक आभार प्रकट गर्दछ । हामीलाई माया, हौसला र प्रेरणा दिनुहुने तपाईंहरूको अमूल्य योगदानले नै आज यो अनलाइन साहित्यिक पत्रिका निरन्तर अघि बढ्न सकेको हो ।

गोप्य रूपमा नै सही, हाम्रा प्रयासमा सहयोगी बनिरहनु भएका सबै ज्ञात–अज्ञात सहयोगी हातहरूलाई विशेष धन्यवाद दिन चाहन्छौं । तपाईंहरूको विश्वास, समर्थन र सद्भावनाले हामीलाई अझ राम्रो गर्न प्रेरित गरिरहेको छ ।

साहित्यको सेवामा निरन्तर समर्पित रहँदै, हामी तपाईंहरूको साथ, सुझाव र स्नेहप्रति सदा आभारी छौं ।

अङ्क २२ पढ्न र डाउनलोड गर्नका लागि


.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment