"खबरदार ! न उठ् । माथि जान हुँदैन । माथि खतरा छ ।’’ माटो र चिसोपना पाएर अङ्कुराउँदै गरेका दुईवटा बोडीका बिजमध्ये एउटाले भन्यो ।
उसको कुरा सुनेर अर्को बीजले उत्साहित हुँदै भन्यो "हेर साथी ! गुम्सिएर बस्नु जीवन होइन । माथि बस्नेका जीवन पनि त बुझ्नु पर्छ । मनमा डरको भारी बोकेर माटोमै सडेर बसेर के फाइदा ?’’ भन्दै उसले जमिनको पत्र छिचल्यो र बाहिरी संसारमा टाउको निकाल्यो ।
कलिलो घाम, सरर बहिरहेको हावा, हल्का वर्षा र हाँसो र खुसीमा हल्लिएका रुख बिरुवासँग उसको भेट भयो । सबैलाई देखेर ऊ खुसीले फुरुङ्ग भयो । ऊ पनि बिस्तारै झ्याङ्गिदै गयो, आफूलाई परिपक्क बनाउँदै लग्यो । केही समयपछि फुल्दै फल्दै असंख्य बिज उत्पादन गर्न थाल्यो । उम्रिएका बीजले पनि उसरी नै हुर्किएर आ–आफ्नो सृष्टि सुरू गरे ।
यतिखेर उसले माथि आउन नमानेको भ्रूणलाई सम्झियो ।
उसले सोच्यो, "बिचरा ! बेवारिस भएको होला । जीवन नभोगी मर्नेको यस्तै चाला हुन्छ ।’’
– सानेपा, ललितपुर
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment