Friday, June 13, 2025

साभार लघुकथा (अङ्क २४ मा प्रकाशित)


एउटा सानो कोठा । भित्र बाबु र छोरा छन् / बाबु टि.भी. हेरिरहेका र छोरा चाहिँ गृहकार्य गरिरहेका ।

बाहिर आमा भाँडा माझिरहेकी छिन् ।

सन्ध्या समय ।

अचानक बत्ती निभ्यो। टि.भी. बन्द । गृहकार्य पनि स्थगित ।

तत्क्षण बाबुले छोरालाई सम्झाउँदै भने बन्नुपर्छ – ’हेर राजा, तिमी ज्ञानी बन्नुपर्छ ।’ छोरा मौन । बाबु पुनः वाचाल भए – ’कुकुरजस्तो इमानदार, कमिलाजस्तो मेहनती र चितुवाजस्तो छरितो हुनुपर्छ । अनि मात्र, तिमी सफल हुन्छौ ।’

’त्यसो भए ……….. बाबा, मानिसजस्तो मानिस हुनुपर्दैन त ?’ 

– छोराको प्रश्नले बाबु अवाक् भए ।


..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment