पुरोहित गुर्जु अचानक आफ्नो घरमा आएको देखेपछि श्याम जिज्ञासु भयो र अलिकति अचम्मित पनि हुन पुग्यो र ज्वजलपा भागियाये भन्दै गुर्जु आउनाको कारण थाहा पाउन सोधे– "गुर्जु ! आज अचानक पाल्नु भयो सेवा गर्ने केही कुरा छ कि ? भन्नुहोस् न ।"
टाउको कन्याउँदै गुर्जुले भने– "तपाईंको आमाको सपना देखेँ, स्वर्गमा भएपनि उहाँको हालत असाध्यै नराम्रो देखें । ओइलाएको फूल जस्तो अनुहार । झ्यारझुर च्यातिइसकेको धोती लगाउनु भएको रहेछ ।"
श्यामले कुरा बुझिहाले । उसले गुर्जुलाई तुरुन्तै जवाफ फर्काए– "हो गुर्जु ! मैले पनि अस्ति सपनामा देखेर तुरुन्तै बाआमा दुवैजनाको लागि चाहिने लुगाफाटा, खानेपिउने र अन्य सरसामान किन्नका लागि चाहिने पैसा ई–सेवा मार्फत पठाइसकेँ त ।"
गुर्जु वाल्ल भए । श्यामले फेरि कुरा थपे– "गुर्जुले थाहा पाउनु भएको छैन जस्तो छ । हिजोआज स्वर्गमा पनि इन्टरनेट, मोबाइल सेवाको साथै ठाउँ टाउँमा डिपार्टमेन्टल स्टोरदेखि धेरै अनलाइन शपिङको सुविधा उपलब्ध भइसकेको छ । मत्र्यलोकदेखि सामान पठाइ राख्नु परेन ।"
गुर्जुलाई एकैचोटी स्वर्गबाट झरेर नर्कमा पुगेको जस्तो भयो ।
ललितपुर
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment