हजुरबाको अन्तिम अवस्था भएर घरका मान्छेले तुलसीको मोठमा ल्याएर राखे । त्यहाँ उपस्थित सबैले पालैपालो भने– हजुरबा ! नारायण भन्नुस् ! नारायण भन्नुस् ! हजुरबाले फिटिक्कै बोल्दै बोलेनन् । सबले भन्ठाने हजुरबा माथि गएछन् । त्यति नै बेला नाति केटोले हजुरबालाई रूँदै भनेछन्– तपाईंको अन्तिम इच्छा के छ हजुरबा ! म पुर्याइदिन्छु !
नातिको कुरा सुन्ने बित्तिकै हजुरबा जुरुक्क उठेर नातिलाई सुम्सुम्याउँदै भने– नाति ! मेरो अन्तिम इच्छा भनेकै टिकटक हेर्नू हो, एकपटक ल्याएर देखाई दे त !
अरू सबै ट्वा परे ।
चाबहिल सरस्वतीनगर, काठमाडौँ
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment