विद्यालयको छानोबाट पानी चुहिन्थ्यो ।
बालबालिका भिज्दै ब्ल्याकबोर्डमा ‘शिक्षा नै विकास हो’ लेखिरहेका शिक्षकतिरै हेरिरहेका थिए ।
नजिकैको मैदानमा शुरु भएको भव्य महायज्ञमा सरकारी गाडी आयो, मन्त्री ओर्लिए, पाँच तारा टेन्ट मुनि झिलिमिली थियोे ।
माइक समाते, जनतालाई सुनाए– “शिक्षा, स्वास्थ्य, रोजगारी हाम्रो प्राथमिकता हो !”
कानमा तिखो ध्वनि परेपछि शिक्षकले टाढैबाट हात जोडेर सहयोग मागे ।
मन्त्रीको आँखा उनका भिजेका बालबालिकातिर त गए, तर हात निधारमा लगाउँदै भने,
“देवताको कृपाले सबै ठीक हुन्छ, श्रद्धा राख ।”
त्यसपछि मन्त्रीले लाखौँ चन्दा मन्दिरको गजुरका लागि घोषणा गरे।
बच्चाहरू छानो चुहिँरहेको कोठाबाट लुगलुगी काम्दै चिच्याए–
“सबैको जय होस् ! अब भगवान्ले नयाँ स्कूल बनाईदिने छन् !”
ललितपुर
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment