"फरक पर्दैन उठाऊ तिम्रा विचार र गर परिवर्तनका लागि तर्क ! निःस्वार्थ भावनाले गरेको सेवा कतै सफल हुन्छ कि?’’
हुन त सम्झाउने र बुझाउने पो कस्ले हो सबैलाई !
गहन प्रश्नोत्तरले उसलाई अल्झाउनु पनि स्वभाविकै थियो ।
हजुरबाबाट शुरु भएको सङ्घर्ष बा हुँदै उसका काँधमा आइलागेको थियो ।
आखिर जन्म, कर्म र ज्ञान दिने उहाँहरु नै हुनुहुन्थ्यो ।
लाग्छ यी पिँढी हस्तान्तरण पनि कठिनझैँ लाग्न थाल्या थियो, आजभोलि ।
रातभरिको सोचाइले बिहानीपख आँखा झपक्क मात्र के भए थियो । बैनीको झकझकाइले बिउँझिन बाध्य भयो ।
“दादा हेर्नोस् त टेलिभिजन ! समाचारहरू त कस्तो नराम्रो देखाउँदैछन् । हजुरका उमेरका सबै साथीहरुको अवस्था ! कति दर्दनाक र भयावह !
हाम्रा हजुरी र बा अनि हजुरले सोचे जस्तो परिवर्तन यस्तै हुन्छ त?’’
- बरगाछी, धरान
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment