Wednesday, November 26, 2025

म किन लेख्छु ? (अङ्क २९ मा प्रकाशित)


लेखन अर्थात् लेख्ने काम ! लेख्नु भन्नाले विचार बाँढ्नु वा बौद्धिकता खन्याउनु हो । लेखनमा हरेक लेखकको सीप र कला झल्किन्छ । जीवनजगतसँग सम्बद्ध भएर आफ्नो समाज, धर्म र इतिहास आदि बहुल विषयमा एउटा लेखक सौन्दर्य खोज्छ, रूप र गुण खोज्छ, अनि भावनामा छताछुल्ल पोखिन्छ । 

विश्वका अनगिन्ति लेखक किन लेख्छन् ? मलाई थाहा छैन तर म आफ्नो लेखनमा मेरो गाउँ, समाज, देश अनि मेरो विश्वको कथा व्यथा खोज्छु र भावना एवम् कल्पनाको लेप लगाएर कागजमा उतार्छु । यसो गर्दा मलाई आत्मसन्तुष्टि मात्र मिल्दैन, म मेरो सीपको विकास गर्दै व्यक्तित्वको वृद्धिमा लागिरहेको हुन्छु । आफ्नो विचार पोखिरहँदा आत्मसम्मान त छँदैछ अर्कोतिर आफ्नो भावनाहरूलाई स्मृतिमा कैद पनि गरिरहेको हुनेछु । आफन्त, साथीभाइसँग बेतुकका कुरा गरेर बिताउने समयको सदुपयोग पनि  गरिराखेको हुन्छु ।

म आफ्ना लागि मात्र होइन, देश र समाजको हित अनि सुधारको लागि पनि लेख्ने गर्छु । एउटा लेखकको कलममा ठूलो तागत लुकेको हुन्छ भन्ने विश्वास मभित्र रहेको हुनाले समाजको प्रगतिको लागि बाधक तङ्खवप्रति खबरदारी गर्न म लेख्छु । एउटा लेखक भएको नाताले मानव समाजप्रति मेरो जिम्मेवारी र दायित्व छ । समाजमा सकारात्मक भावको बिउ छर्न म लेख्ने गर्छु ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment