Monday, June 15, 2026

लघुकथा (अङ्क ३५ मा प्रकाशित)


"म डढी सकेँ । पानी खन्याइ देउ सलिना ।’’ सलिल रातोपिरो भएको थियो ।

"तिम्रा आँखा कतातिर छन् सलिल ? भूजहरू कता सलबलाइरहेका छन् । कति अधैर्य हुन्छौ । टाढै बस ।’’  रिसाएको भावमा सलिना बोली ।

“तिमी केटाहरूको प्रेम यौन भोगाइमा आएर पूर्ण हुन्छ तर महिलाको अर्थात हाम्रो, त्यहीँबाट झन् गहिरो रुपमा झाँगिदै जान्छ । हामी तिमीहरूजस्तो हतार गर्दैनौँ । तिमीसँग धेरै कुरा गर्न बाँकी छ । तातै खाउँ जलिमरुँ नगर ।  सोच विचार गरेर मात्र तातो भुङ्ग्रोमा हात हाल । मेरो शरीरमा मेरो हक हुन्छ । तिम्रो त के विश्वास ? मेरो त यो पहिलो भोगाई हुनेछ । यो कार्यपछि मैले व्यक्तिगत, पारिवारिक, सामाजिक र मानसिक रुपमा के कस्तो अवस्था भोग्नुपर्छ त्यो तिमीलाई थाहा छ ? तिमी आनन्दका लागि भोग्छौ होला तर हामी प्रकृतिजस्तो भएर जीवन र सृष्टिका लागि भोग्छौँ । आनन्दबाट हामी पनि टाढा त हुँदैनौँ तर दूर दृष्टि अपनाउँछौं । समयलाई पर्ख सलिल म अहिले तिम्रो चाहना पूरा गर्न सक्दिन ।’’ सलिनाले जवाफ दिई ।

“तिमी मानसिक रुपमा तयारी थिइनौ भने किन यहाँ आयौ ? किन मलाई ल्यायौ ? यो अवस्थामा किन पुग्यौ ? मलाई यस्तो नाटक मन पर्दैन सलिना । हामी पूर्व तयारी भएरै आएका हौँ । होइन र ?’’ सलिल फकाउन खोजिरहेको थियो ।

“सलिल आज तिम्रो जिद्दी धेरै थियो । म त तिम्रो मन राख्न मात्र यहाँसम्म आएँ । तिमी एकोहोरो सोच्छौ । म यो बारेमा हजार पटक सोच्छु । यो मेरो सुरक्षित अधिकार पनि हो ।“ सलिना निकै रिसाइ ।

“यस्तै अवस्था हो भने तिमी त मलाई फलानाले बलात्कार गर्‍यो भन्न पनि पछि पर्ने रहिनछौ छाड म जान्छु ।’’ सलिल निस्कन खोज्यो ।

“यो मेरो प्रेम –यौन चाहनाको मात्र भोको होइन र यही अन्त्य पनि होइन । जतिखेर जसले शरीर भोग्न खोज्यो त्यसैलाई सुम्पी हालौँ । पर्खिन सक्छौ भने पर्ख । म तिम्रै हूँ । नत्र सदाको लागि जानसक्छौ ।’’   

– विराटनगर–१        

...........................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment