"सुन त ! उनीहरू दुवै बिहानैदेखि झगडा गरिरहेका छन् । छोराबुहारीको धेरै झगडा हुने, रिसाउने र खुसी हुने क्रम जारी छ ।” प्रौढ पत्नीले श्रीमान्लाई भनिन् ।
उनको चिन्ता कम नभएपछि चिन्ताग्रस्त भएर पुनः बोलिन्, “सुन न ! उनको बेडरुमबाट चर्को स्वरमा बहस सुनिइरहेको छ । धेरै झगडा भइरहेको छ ।’’
“किन, के भयो र ?’’ पतिको स्वर ।
“गुनासो आइरहेको छ, दुई वर्ष भइसक्यो विवाह भएको । थाहा छैन, बुहारीले हाम्रो छोरालाई कति पटक प्रेम प्रस्ताव राखिन् होला तर हाम्रो छोराले त ’त्यो शब्द’ बोल्न पनि सकेन जुन आजकल बोल्ने खुब फेसन भइसकेको छ ।”
“के कक बोलेन ? के कक शब्द ?’’ श्रीमान्को अनाडी प्रश्न ।
“त्यही कक नै कक ।’’ पत्नीका आँखामा त्यस उमेरमा पनि रङ्गिन वल्बको झिल्का देखिएका थिए ।
“ए कक… ए… कक ।’’ श्रीमान्ले कुरा बुझे । उनलाई लाग्यो, पत्नी कहिले त्यही 'खास शब्द’ नबोलिदेओस् । अघि बढेर उनले प्रौढ श्रीमतीको मुलायम हात, आफ्ना हत्केलामा कैद गरेर उसलाई चुप गराए र श्रीमतीलाई असीम प्रेमका साथ हेर्न थाले ।
अनुवादः डा. पुष्करराज भट्ट

No comments:
Post a Comment