रोशनलाई पटाका किनेर पड्काउने रहर त थियो, तर उसका अभिभावकले पटाका पड्काउनु राम्रो काम होइन भनेर उसलाई पटाका किन्नका लागि नगद दिइएन । रोशनकी दिदीले आफूले दसैँमा पाएको दक्षिणामध्ये केही रकम रोशनलाई दिई । तर सो नगदले एक प्याकेट पटाका नआउने भएपछि रोशनले केही उधारो राखेर एक प्याकेट पटाका किन्यो ।
रोशनले आफ्नो घर अगाडिको सडकको पेटीमा सलाई कोरेर पटाको धागोको टुप्पोमा आगो सल्काउँदै गर्दा नजिकै रहेको कुकुरले पटाका सुघ्न थाल्यो । पटाका ठूलो आवाजले ड्याम्म पड्किएपछि कुकुर सुइँकुच्चा ठोकेर दौडँदा तीव्र गतिमा आएको मोटरसाइकलमा ठोक्किएपछि चालकले अचानक ब्रेक लगाउँदा मोटरसाइकलको पछाडि बसेकी उनकी श्रीमती भुइँमा बेजोडले लडेर नराम्रोसँग घाइते भइन् । त्यो दृश्य देखेपछि टोलबासीहरू आत्तिएर घटनास्थलमा पुगे ।
एकछिनमै रोशनका बुवा–आमा पनि त्यहीँ पुगे । गाइँगुइँ हुँदा रोशनले पड्काएको र पटाकाको ठूलो आवाजले तर्सिएर कुकुर जोडले दौडिदा मोटरसाइकलमा ठोक्किएको निश्चित भएपछि रोशनका बुवाले ट्याक्सी बोलाएर घाइतेलाई अस्पताल लगे र घाइतेको खुट्टामा र टाउकोमा लागेको चोटको उपचार गरेर घरमा पुर्याइदिए । रोशनका बुवाले मोटरसाइकल चालकसँग माफी माग्दै घर फर्किएर रोशनलाई हप्काए । रोशनका बुवाले अस्पतालमा घाइतेको उपचार बापत चौध हजार रुपियाँ बुझाउनुपर्यो ।
एउटा सानो गल्तीले गर्दा धेरै क्षति व्यहोर्नुपर्ने हुन्छ भन्ने कुरा रोशनलाई थाहा भयो । त्यसैले उसले आउँदा वर्षहरूका तिहारमा कहिल्यै पनि पटाका नपड्काउने निर्णय गर्यो । उता पसलमा तिर्नुपर्ने पटाकाको उधारो रकम नतिर्दा पसलेले रोशनका बुवालाई मेरो पैसा दिनुस् भन्दा रोशनका बुवाले म दिँदैन पैसा–सैसा भने । तपाईंले मेरो छोरालाई दिएको त्यै पटाकाले गर्दा मैले चौध हजार रुपियाँ क्षति व्यहोर्नुपर्यो । सरकारले रोक लगाउँदा लगाउँदै पटाका बिक्री गर्ने तपाईंलाई कारबाही गर्न प्रहरीमा उजुरी दिन्छु भन्दा साहुले भने– “भो भो हजुर उजुरी दिनुपर्दैन, मेरै गल्ती भयो ।
– बुढानीलकण्ठ, काठमाडौँ


No comments:
Post a Comment