आँसु र हाँसो
-खलिल जिब्रान
नाइल नदीको किनारमा एउटा हुँडारको गोहीसँग भेट भयो । दुवैले एक–अर्कालाई अभिवादन गरे ।
हुँडारले सोध्यो, “दिन कसरी बित्दै छन् ?“
गोहीले बतायो, “हालत धेरै खराब छ । जब कुनै बेला म पीडा र दुःखले रुन्छु, सारा जीवजन्तुले भन्ने गर्छन्, ’हेर त गोही–आँसु ।’ यो भनाइले मलाई कति आहत पार्छ, शब्दमा बताउन सक्दिनँ ।“
हुँडारले भन्यो, “तिमी आफ्नै पीडामा अल्झेका छौ, एकछिन मेरो बारेमा पनि त सोच । जब म प्रकृतिको सुन्दरतामा नजर लगाउँछु, यसको चमत्कार र जादू देखेर आनन्द मान्दै हाँस्छु । तब यही जङ्गलका अरु प्राणी भन्छन्, यो केही पनि हैन, जाबो हुँडारको हाँसो हो !“
No comments:
Post a Comment