भगोडा
-देवेन्द्रराज शाक्य
बुटवल, रुपन्देही
एक कान दुई कान मैदान ।
गाउँभरी खुसीको खबर जङ्गलको आगोजस्तै चारैतिर फैलियो । चौबाटोमा बसेर एकआपसमा खुसीको खबर साटासाट गर्न थाले । उ भर्ति भएछ रे ! घरपरिवार, गाउँले सब खुसीले गद्गद् भए । उसको घरमा बधाई दिनेहरुको ताँती नै लाग्यो ।
उसले गाउँकै नाम उच्च राख्यो भनेर सबले उसको दिल खोलेर प्रंशसा गर्न थाले ।
ए उ त भर्ति भएछ । राम्रो काम गरेछ । देशको सेवा गर्ने एउटा जवान गाउँलेले जन्माएछ भनेर गर्व गर्न थाले । दिन बित्दै गयो ।
केही समयपछि गाउँलेहरुले एउटा समाचार सुने । ऊ त भाग्यो रे ! आफ्नो जिम्मामा रहेको सबै सामग्री लिएर भागेछ ।
आमाबाबु सब लाजले भुतुक्क भए । गाउँलेको अनुहार मलिन भयो । तारिफ गरेर नथाकेका सबको मुखमा एकाएक बुझो लाग्यो । यसले त आफ्नो मात्र होइन गाउँकै बदनाम ग¥यो । धिक्कार छ यस्ता कपुतलाई सबले धिक्कार्न थाले । आफन्त, गाउँलेहरु सबै टाढा हुँदै गए । भगौडाको गाउँ भनेर गाउँकै बेइज्जत ग-यो ।
No comments:
Post a Comment