Wednesday, November 22, 2023

पुस्तक समीक्षा

 

दिमागको बिर्को खोलेर हेर्दा

लघुकथाकार राजु क्षत्री अपुरोको दिमागको बिर्को नामक लघुकथा सङ््ग्रह २०७६ मा पाँचौै कृतिको रुपमा प्रकाशित यस पुस्तकका प्रकाशक विष्णुमाया घर्ती क्षत्री हुन् । यस कृतिभित्र उनले लेखेका आमाको कथा, आमाको सम्झना, आमाको मन, इमान, मितव्ययिता, समाधान, हाइवेको होटेल, छिमेकीको झगडा लगायत विभिन्न शीर्षकका ६२ वटा लघुकथाहरु राखिएका छन् । यसमा सङ्गृहीत ६२ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन्् । यस सङ्ग्रहभित्रको आमाको कथा शीर्षकको पहिलो लघुकथामा हिउँदे महिना अबेर गरेर दाउराको जोहो गर्न आएकोे म बाघको सिकार हुने डरमा थिएँँ । बाघ १२ हात उफ्रिन्छ भन्ने सुनेकी थिएँ अनुमान गरेर नापे । १३ हातभन्दा माथि नै रहेछ । लामो श्वास फेरेर केही राहत लिएँ लघुकथाकार राजुले भनेका छन् ।

उनले मनमा उर्लिएका भावलाई लघुकथाको रुप दिन सकेका छन् । इमान शीर्षकको लघुकथामा आज बिहान मर्निङ्वाक जाँँदै गर्दा उनले डेढ तोलाको सुनको सिक्री फेला पारे । उनले दाँयाबायाँ हेरे अनि टपक्क टिपेर गोजीमा हाले । त्यो बेला उनी रित्तो घाँटी लिएर  हिँडेकी कचकचे श्रीमतीलाई सम्झेर मुसुक्क मुस्कुराए भनिएको छ । यस सङ्ग्रहभित्रका लघुकथाहरु आकारले मात्र होइन विषयका दृष्टिले पनि लघुकथा हुन् । उनले सामाजिक विषयका स–साना प्रसङ्गमार्फत जीवनका विविध पक्षलाई सरल ढङ्गले उजागर गरेका छन् । पाइलापाइलामा कुनै न कुुनै घटना भइरहेका हुन्छन् । ती घटनाले फरक फरक व्यक्तिमा फरक फरक सोच र संवेदना जगाउने गर्छन् । 


भाषिक सरलता राजुका कथाहरुको महत्वपूर्ण विशेषता हो । विषय र विचारगत विविधता उनको कथाहरुको मूल उद्देश्य हो । बिग्रेको छोरो शीर्षकको लघुकथामा बाआमाको समस्या कहाँ बुझ्छन् र अचेलका केटाकेटी ? आफ्नो माग राखिदिए भो भनिएको छ । राजुुले जीवनमा जुन उतारचढाव भोगे सायद तिनै भोगाइ अनुभव र सामाजिक घटना परिघटनाले अङ्कुराएको मनको भाव नै उनले लघुकथा सङ्ग्रहको रुपमा जन्माएका छन् । मनका भावहरूलाई समय र परिस्थितिले प्रभावित गर्दा जे जसो अभिव्यक्त भयो त्यही नै यस दिमागको बिर्को लघुकथा सङ्ग्रहमा सङ्कलित छन् ।

दिमागको बिर्को शीर्षकको लघुकथामा सालीले अलि नजिकिदैँ भिनाजुसँग भन्छिन् म एउटी सालीले त एकजना मात्र भिनाजुलाई सम्हाल्न यति गाह्रो भयो भने आलोपालो गरेर बेलाबेलामा आइरहने पाँच पाँचजना भिनाजु भएकी हजुरकी कान्छी बहिनी मिनालाई कति गाह्रो भयो होला नि है ? भनेकी छिन् । उनको लघुकथा लेखन यात्रा रोजगारीका सिलसिलामा मलेसिया पुगेपछि सन् २००६ को उत्तरार्द्धदेखि सुरु गर्न थालेको हो ।
थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार राजुले मनन गरेका छन् । सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानवीय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन् । स्रष्टा एउटा समाजको द्रष्टा पनि भएकाले ऊ यो समाजबाट अलग हुन कत्ति पनि सक्दैन । यही समाजमा रहेका सङ्गत, विसङ्गत सबै कुरासँग पौँठाजोरी खेल्नु नै पर्छ ।

जीवन जिउने क्रममा आफूले भोगेका, देखेका र सुनेका कुराहरूको सँगालोलाई शब्दरुपी गुच्छाद्वारा राजुुले ६२ वटा लघुकथाहरु तयार पारेका छन् । उनले लघुकथाहरूमा समाजका विसङ्गति, विकृति, राजनैतिक बेथितीको चिरफार गर्ने प्रयास गरेका छन् । अन्तर्मन शीर्षकभित्र नारायणकुमार पनि दर्र्शकदीर्घामा रहेर कार्यक्रम हेरेर रमाउन थाले । बीचबीचमा गायन र युगल नृत्यले कार्यक्रमलाई थप रोचक बनाइरहेको थियो राजुले भनेका छन् ।

कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्मा पूर्ण हुन्छ अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । लघुकथा आख्यानको लघुतम वा सूक्ष्मम विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ । अन्त्यमा लघुकथाकार राजुको अन्य कृतिहरु पनि प्रकाशित भएर हामीहरूले पढ्न पाउने बाचा गरेको छु ।

No comments:

Post a Comment