समयको माग
-डोली शाह
हैलाकंदी (असम), भारत
लामो समयपछि रोहितलाई आज बल्ल फोन गरे । यताउताको कुरा गर्ने क्रममा उनलाई सोधे, ‘आजभोलि तिमी के गर्दै छौं?’
‘तिमीलाई थाहा छैन र ! इँटाभट्टाको उद्योग खोलेर बसेको छु । ...छोरा क्यानाडामा इन्जिनियर पढ्दै छ । साँच्चै, बरु तिमी के गरेर बसेका छौं नि?’
‘खै ! के भनौं तिमीलाई, म त आफ्नै ठाउँमा सानोतिनो पसल खोलेर बसेको छु । यसैमा जिन्दगी बिताइरहेछु ।’
‘ए हो र ! तिमीले पढाइ त पूरा ग¥यो नि?’
‘हुन त बुबाले नजिकैको कलेजमा भर्ना गरिदिएका थिए । तर घरको परिस्थिति र बुबाको स्वस्थ्यको कारणले पढाइमा ध्यान दिन सकेन । त्यतिखेर पढ्न नसकेकोमा अहिले दुःख लागिरहेछ । बरु पढाइ विदेशमा भएको भए, केही प्रगति हुन्थ्यो होला ।’
कुराकानी हुँदै गर्दा बुबा कोठामा टुपुक्क आइपुग्नु हुन्छ । राजले भनेका केही कुरा बुबाको कानमा पुग्छ । राजले कुरा बदलेर अब मौसमको कुरा गर्न थाल्छ ।
‘यहाँ त पानी परेपछि मौसम केही शीतल हुन्छ ।’
‘अरे, हो र ! त्यसो भए केही पानी यहाँ पनि पठाइदेउ न?’
‘हरेक चीज सबै ठाउँमा सबैलाई कहाँ मिल्छ र !’
बुबाले हामी बीचको कुरा चुपचाप सुनिराखेका थिएँ । एक दिन छोरा उदास बसेको देखेर बुबाले भन्नुभयो– ‘छोरा, म तिम्रा लागि अपराधी हुँ । एक बुबाको नाताले मात्र हैन, तिमीलाई छोरा भन्न लायकको बुबा हुन सके मात्र मलाई गर्व लाग्नेछ । यदि मैले समयको माग बुझेर आफ्नोभन्दा तिम्रो भविष्यबारे सोचेको भए । अहिले मलाई बढी खुसी मिल्दथ्यो । समय बदल्न मैले जानेन, अब आउने पिंढीले यसबारे सोच्नु जरुरी छ ।’
अनुः गगनदीप सर्व

No comments:
Post a Comment