Wednesday, November 22, 2023

लघुकथा समाचार

 लघुकथाकारको समूह गठन

आज हरेक कुराहरू राख्ने ठाउँ भनेको सामाजिक सञ्जाल भएका छन् । यसका माध्यमबाट भावना र समाचार तत्कालै सम्प्रेषण गर्न सकिन्छ । यसैलाई नै माध्यम बनाएर नेपालभाषाका लघुकथाको प्रचार–प्रसार गरिने उद्देश्यले एउटा तदर्थ समूह गठन भएको छ । विशेषतः यस समूहमा केदार सितु, ध्रुव मधिकर्मी, विमल ताम्राकार, सुरेन्द्रलाल भुजू, नरेश अमात्य, दिव्या वज्राचार्य, किशोर धुसः र रीता महर्जन रहेका छन् ।

नेपालभाषा लघुकथा साहित्य नामबाट विभिन्न कार्यक्रमहरु फेसबुकमा क्रमशः सञ्चालन गर्दै अघि बढ्ने लक्ष्य राखेका छन् ।

सो समूहका संयोजक नरेश अमात्यले गत असार १५ गतेदेखि नेपालभाषा चिबाखँ (लघुकथा) र त्यससँग सम्बन्धित विषयवस्तु सामाजिक सञ्जालको फेसबुकमा समावेश गरिने जानकारी दिएका छन् । त्यस्तै सुरेन्द्रलाल भुजूले लघुकथाको विकासका लागि सक्दो सहयोग गर्नुका साथै त्यसको अभिलेखसमेत राख्ने कुरा बताए । त्यसका लागि पाक्षिक र मासिकरुपमा समीक्षा प्रस्तुत गर्दै जाने भावी योजना पनि राखेका छन् ।

समूहका कला संयोजक दिव्या वज्राचार्यले यसमा बढीभन्दा बढी सहभागिता जनाउन सर्जकहरूलाई जानकारी दिने र सोका लागि अभियान चलाउन पछि नपर्ने कुरा बताएकी छिन् ।


No comments:

Post a Comment