Tuesday, November 21, 2023

पुस्तक समीक्षा

 

नेपाली साहित्याकाशमा गत वर्ष अन्त्यतिर झुल्किएको एउटा लघुकथासङ्ग्रहको नाम “एक पोल्टो घाम” हो । ४३ थान लघुकथाहरु बोकेको सङ्ग्रहभित्र अधिकाँश सिर्जना लघुकथाको मानकभित्र परेका भेटिए । साहित्यले समाज, गाउँ सहर र सिङ्गो भूगोलको प्रतिनिधित्व   गर्ने कुरामा दुईमत छैन, साहित्यकै हाल लोकप्रिय रहेको साहित्यिक उपविधा लघुकथाले समाज– जनजीवन र समयलाई दर्शाउने गरेको पाइन्छ । 

लघुकथा लेखनमा स्थापित हुने क्रममा सशक्त रुपले अघि बढ्दै गरेको नाम रेणु अधिकारी ‘मौनता’ हो । उनको यस कृतिमा विषयवस्तु, शैली, शब्द संयोजन, प्रस्तुति मिठासनै छन् उपयुक्त नै रहेका छन् । तथापि गहन अध्ययन तथा अनुभवको कमी कताकता महसुस हुन्छ र अझ बढी गम्भीर हुनु आवश्यक रहेको छ । पढ्दै जाँदा कथाकारको लघुकथा कार्यशाला, गोष्ठी आदिमा भागलिएको स्वीकारोक्तिले केही हदसम्म सिर्जनामा प्रभाव पारेको देखिन्छ नै । यस्ता प्रशिक्षण कार्यशाला गोष्ठीहरुले आपूmमा भएको सिर्जनात्मक प्रतिभालाई निर्खान सहयोग हुने कुरालाई नकार्न सकिंदैन । अतः कथाकार आपैmले आफ्नो प्रतिभा प्रष्पूmटन गराउन सफल भएमा आगामी रचनाहरु अत्यन्त सशक्त, प्रभावकारी र उत्कृष्ट हुनेमा दुईमत छैन ।

वर्तमान यति छिटो घटित र सङ्कुचित हुँदैछ कि मान्छेहरुलाई जीवन यापन गर्न सहज छैन । दैनन्दिन्य जीवनकालागि कठोर सङ्घर्ष गर्नुपर्ने अवस्था छ । अतः लामा कथा या उपन्यासहरु पढेर बस्ने समयाभावलाई लक्षित गरी केही दशकयता केही छोटा कथाहरु लेखिने गरिएको पाइन्छ आख्यान प्रेमीहरुका लागि । सम्भवतः यस नयाँ उपविधालाई लघुकथा भनिन्छ हिजोआज । एक पोल्टो बादलभित्र हराउँदै गर्दा – अबोध प्रश्न, अभागी, अभिको साईकल, एक पोल्टो बादल, कन्जुस, भनेको गर्नु गरेको नगर्नु, भ्रम, आमाजस्ता लघुकथाहरु मर्मस्पर्शी, रोचक र घोचक पाएँ ।  मानवीय कुण्ठा, पीडा, विसङ्गति र जर्जर मानसिकता बोकेर बाँचेका पात्रहरु उनका लघुकथाका प्रतिनिधि पात्र हुन्भन्दा फरक नपर्ला । लघुकथा सिद्धान्त वा दर्शनमा भनूँ बिम्ब, प्रतीक, नयाँ शैलीको प्रयोग पनि वाञ्छनीय हुने गरेकोछ । यसै सन्दर्भमा लेखनमा शिल्पगत कलात्मकताको पनि आवश्यकता छ भन्नुमा अतिशयोक्ति नहोला ।

एक पोल्टो बादलभित्र नेपाली भाषा व्याकरण र वर्णविन्यासका कमी कमजोरीहरु पाइन्छ । यसबाट स्वअध्ययनको कमी टड्कारो रुपमा देखिन्छ । भाष्य सम्बन्धी स्रष्टाको ज्ञान, टाइप गर्ने मान्छेमा भाषाको सामान्यज्ञान पनि नभएको ठहर्दछ अन्यथा स्रष्टाको काम मात्र सिर्जना गर्नु हो आफै कहाँ निपुण हुन्छ र ?

No comments:

Post a Comment