Sunday, November 19, 2023

लघुकथा (अङ्क १ मा प्रकाशित)

अमर सहिद बुबा

-रञ्जुश्री पराजुली
काठमाडौँ 


हाम्रो नेताज्यू अरु जस्तो दुई पैसे व्यक्तित्व भएको नभइ महान नेता हुनुहुन्छ । यसपालीको भन्दा अगाडि पनि उहाँले धेरै पल्ट चुनाव जितिसक्नु भएको छ । अरु बेला जन्मथलोलाई बिर्सिए पनि चुनावको बेला उहाँलाई यसको चौपट्टै याद आउँछ । ठूलो नेता ठूलै काम भने झैं उहाँ प्रचारप्रसारको लागि गाउँ आउन नभ्याए पनि आफ्नो गाउँ र गाउँलेलाई माया गर्दै मासुभात खाने खर्च कार्यकर्ताको हात बाँड्न पठाउनु हुन्छ । हामी पेटभरी खान नपाउनेलाई एकै दिन भए पनि मासुभात खान पाउँदा दसैं बिर्साइ दिन्छ । अघिल्लो पटक र त्योभन्दा अगाडि पनि गाउँमा स्कुल खोलिदिने वाचा गर्नु भएको थियो । जिल्लामा स्वास्थ चौकी पनि केही खोलिदिन्छु भनेर भन्नू भएको थियो ।

विचरा ठूलो मान्छे, दस थरी जिम्मेवारी हुन्छ । आफूले बोलेको जति कुरा कसरी पूरा गर्न सक्नु? विचरा नेताजी बिर्सनु भएछ । यसपाली जिते पछि त पक्का पक्का भनेर वचन दिनु भएको छ ।
चुनावको बेला नजिकिंदै आउँदा गाउँमा बसेको बैठकले यस्ता कुराहरुमा छलफल ग¥यो । यसै बीच गाउँमा ती ठूला नेताको असी वर्षका बुबा जो मृगौला पीडित थिए । सहरमा छोरासँगै बस्दथे । उनको मृत्यु भएको खबर आयो । उक्त खबरले गाउँमा शोक छायो । हाम्रा ठूला नेताका बुबाको मृत्युुमा हामी शोक व्यक्त गर्दछौं । उनी गाउँका ठूला समाजसेवी थिए । हामी हाम्रा सन्तान तिनै सन्तपुरुषको अन्नपानी खाएर बाँचेका हौं । उनलाई हामी सहिद घोषणा गर्न माग गर्दछौं । यसको लागि हामी राजधानी गएर नारा जुलुस गर्दछौं भन्दै हाम्रो अन्नदाता सहिद नेता चिरञ्जीवीबहादुर अमर रहुन् । अमर सहिद जिन्दावाद ! भन्दै नारा घन्काउन थाले ।ी

No comments:

Post a Comment