Sunday, November 19, 2023

लघुकथा (अङ्क १ मा प्रकाशित)

अन्धविश्वास

-अरुणबहादुर खत्री नदी
बुढानिलकण्ठ, काठमाडौँ  


नुनको खाँचो परेकोले पसलमा नुन किन्न जाँदै गर्दा बाटोमा कालो बिरालोले बाटो काट्यो । चारओटा किराना पसलमा पुगेर “नुन दुई के.जी. दिनु मलाई” भन्दा नुन अहिले सकिएको छ” चार ओटै पसलको साहु र साहुनीले भने । नुन नपाएपछि बिरालोले बाटो काटेको मैले देखेको थिएँ, त्यसैले नपाएको होला भनेर घर फर्र्के ।

बेलुका खाना पकाउने बेलामा फेरि नुन कुनै पसलमा पाइन्छ कि भनेर घरबाट पसलतिर लाग्दा बाटोमा भरी बाल्टिन र जर्किन देखें । घरबाट अलिकति टाढाको पसलमा नुन पाइयो । नुन पाएपछि खुसी भएर चार के.जी. नुन किनेर घर लगे । पानी भरिएको बाल्टिन र जर्किन बोकेकी बहिनीलाई सम्झन पुगे । मनमनै धन्यवाद दिएँ ।


No comments:

Post a Comment