पशुवाक्य
-सूर्य चापागाईं
पोखरा
एसइइ परीक्षा चलिरहेको बेला । कुनै स्कुलको छेउमा एउटा क्यालिस्थेनिक्स पार्कमा खेलप्रेमीहरु शारीरिक अभ्यास गर्दैछन् । छेउमा तीन वटा कुकुरहरु घाम तापेर सुतिरहेका देखिन्छन् । केही बेरपछि तीन जना मझौले कदका युवाहरुको पार्कमा प्रवेश हुन्छ । तिनीहरुको प्रवेश भएको देखेर एउटा कुकुर एक तमासले खुसी हुँदै कराउन थाल्छ । सो कुकुर त्यहाँ आएकामध्येको एक युवकलाई अंकमाल नै गर्ला झैँ लुटपुटिँदै अनेक हाउभाउ गरेर कराइरहन्छ ।
त्यो युवक भन्छ— यी कुकुरहरुले मलाई चिन्छन् । त्यहाँको दोस्रो युवक पशुवाक्य बुझ्दोरहेछ । उसले भन्यो— म यसले के भन्दैछ भन्ने बुझ्छु । “के भन्दैछ ? ल भन् त !” पहिलोले थप जिज्ञासा भावमा सोध्यो । प्रत्युत्तरमा दोस्रोले भन्यो, यो कुकुरले भन्दैछ— “हिजो राती सबै सुतिसकेपछि हाम्रो घरमा सुकुटी लिएर आउने तपाईँ नै हो ।“
No comments:
Post a Comment