Sunday, November 19, 2023

लघुकथा (अङ्क १ मा प्रकाशित)

पैसाको मुख

-जेबी खत्री
काठमाडौं, हालः लन्डन 


उसले जग्गा किनेर घर बनाउन सुरु गरेपछि आफन्त छरछिमेक सबै छक्क परे । यसले कहाँबाट ल्यायो यत्रो घर बनाउने पैसा । पेशाले त्यत्रो ठूलो जागिरे पनि हैन । घरको अवस्था पनि कता हो कता राम्रो छैन । भाग्यमा छ भने त धन कमाउन टाढा जानुपर्ने रहेनछ । हिजो अस्तिसम्म सडकमा खालि खुट्टा हिड्ने मान्छे आज गाडी चढेर हिड्न थाल्यो । हेर्दाहेर्दै कत्रो प्रगति कत्रो परिवर्तन । सबै दङ्ग पर्थे उसको रवाफ देखेर ।

पैसा कमाएपछि शत्रु बढ्छन् भने झैं छरछिमेक र आफन्तहरु उसँग टाढिँदै गए । कति त  डाहा गर्थे । कति चाहीँ गरिखानेलाई गरिखान दिनु पर्छ भन्थे । हौसला र प्रशंसा पनि गर्थे । घर बनाइसकेपछि उसको चुरीफुरी घट्दै गयो । रिन गरेर ल्याएको पैसा सकिएपछि उ विस्तारै पहिलेकै अवस्थामा झ¥यो । साहुहरु घरमा आउन थालेपछि छरछिमेकहरु र आफन्तहरु पनि नजिकिन थाले । सबैसँग राम्रो हुन थाल्यो । बोलचाल नभएकाहरु पनि बोल्न र आउजाउ गर्न थाले ।

दिनदिनै साहूले चेप्न थालेपछि एक दिन उसले त्यो घर बेच्यो र उ त्यहाँबाट हिँड्यो । त्यसपछि तिनै आफन्त र छरछिमेकीहरु भेला भएर दुखेसो गर्न थाले, राम्रो मान्छे थियो गयो बिचरा भनेर ।

No comments:

Post a Comment