Saturday, November 18, 2023

लघुकथा (अङ्क १ मा प्रकाशित)

डर

-दीपक समीप
पोखरा 


फरक–फरक जीव, जीवात्माहरु एक दिन एउटा रुखमुनि बसेर सबैले पालैपालो आफ्ना कुराहरु राख्दै थिए..... ।

गुलाबले भन्यो– म काँडाहरुको बीचमा पनि बाँचिरहेको छु । आजभोलि मलाई काँडाप्रति आस्था छ ।

परेवाले भन्यो– म बाजहरुको बीचमा पनि बाँचिरहेको छु । आजभोलि मलाई बाजप्रति अलिकति विश्वास छ ।

मृगले भन्यो– म सिंहहरुको बीचमा पनि बाँचिरहेको छु । आजभोलि मलाई सिंहप्रति थोरै भरोसा छ ।

एवम्रितले अरुअरु जीवहरुको पनि बोल्ने पालो आउँदै थियो । त्यसै बीचमा एउटा मान्छे कताबाट अचानक टुप्लुक्क आइपुग्यो । तत्पश्चात सबै भागाभाग भयो.... ।

No comments:

Post a Comment