भूत
-रञ्जना रिजाल
काठमाडौं हालः अमेरिका
"हुन त पोथीले पनि होला तर कालो भाले नै भए चाहिँ नाथे बिमार चट् हुन्छ ।" धामीझाँक्रीले भन्यो ।
बिमारीले धामीझाँक्रीले भनेको सामग्री जुटायो । धामीझाँक्रीले अन्साईपन्साई गरिदियो । बिमारीलाई बिमार बीसको उन्नाइस भएको अनुभव भयो ।
“कस्तो हुँदै छ ?" धामीझाँक्रीले सोध्यो ।
“यो कालो नै किन चाहिएको ?“ उत्तर दिनुको साटो बिमारीले प्रतिप्रश्न गर्यो ।
“भूतलाई बाँच्न दिनुहुन्न । त्यो मरेपछि बिमार पनि मर्छ ।" धामीझाँक्रीको अविवेकी उत्तरले बिमारी अनेकौं प्रश्नको घेरामा थुनिरह्यो ।

No comments:
Post a Comment