Monday, November 20, 2023

लघुकथा समाचार

 लघुकथा दिवसमा सम्मान प्रदान



 

 

 

 

 

 

 यही भदौ ५ गते १६औं लघुकथा दिवस मनाएको थियो । लघुकथा समाज नेपालले सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा लघुकथाकार लता केसीलाई नगद एक्काइस हजारसहित पूर्णप्रसाद ब्राह्मण सम्मान प्रदान गरिएको थियो।सो कार्यक्रमका प्रमुख अतिथि कथाकार भागीरथी श्रेष्ठले सम्मान प्रदान गर्नुहुँदै लघुकथाका क्षेत्रमा नारी सर्जकहरुको पनि उपस्थिति हुनु गौरवको कुरा भएको बताउनु भयो । त्यस्तै नाटककार अशेष मल्लले लघुकथा मेघ गर्जिदा निस्कने चट्याङ्गको झिल्का भएको सुनाउनु भयो ।

कार्यक्रममा समाजका उपाध्यक्ष तुलसीहरि कोइरालाले लघुकथा लेखनसँग सम्बन्धित गतिविधिबारे प्रकाश पार्नु भएको थियो भने समालोचक एवं कथाकार लक्ष्मणप्रसाद गौतमले लघुकथाका विविध पक्षबारे आफ्नो धारणा राख्नुभयो।सोही कार्यक्रममा समाजका पूर्वअध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले हिजो प्राडाले नै लघुकथाको उछितो काट्न बाँकी नराखेको रोचक प्रसङ्ग सुनाउनु भयो । यस सम्मानले आफूलाई थप जिम्मेवारी बढाएको कुरा सम्मानित लता केसीले बताउनुभयो। लघुकथा दिवसको अवसरमा सर्वनाम थिएटरका कलाकारहरुले त्यहाँ लता केसीको ‘दृश्य’ र ‘विधवा’ नामक दुइटा लघुकथामाथि नाटक मञ्चन गरिएको थियो ।       

No comments:

Post a Comment