Monday, November 20, 2023

लघुकथा समाचार

लघुकथा प्रतिष्ठानद्वारा
‘स्वस्तिका स्मृति लघुकथा सम्मान’ स्थापना 



 

 

 

 

 

वि.सं. २०७८ साल कार्तिक ३ गते स्थापना भएर निरन्तर लघुकथा वाचन र विमर्श गरी ६७७औँ शृङ्खलामा प्रवेश गरेको लघुकथा प्रतिष्ठान, नेपालले लघुकथाकर्मी स्वस्तिका सिम्खडाको स्मृतिमा ‘स्वस्तिका स्मृति लघुकथा सम्मान’ स्थापना गरेको छ ।

वर्षभरि गुणात्मक र संख्यात्मक हिसाब फुटकर लघुकथा लेखी संस्थागत र विधागत उन्नयनमा उत्कृष्ट कार्य गर्ने एक जना नारी हस्ताक्षरलाई नगदसहित उक्त सम्मान प्रदान गरिने छ । लघुकथा विधामा नारी सहभागिता अभिवृद्धि गर्ने यस अभियानमा आ–आफ्नो क्षेत्रबाट तत्परता देखाउन र प्रोत्साहन दिन सम्पूर्ण साहित्यानुरागी महानुभावहरुमा प्रतिष्ठानले अनुरोध गरेको छ ।




No comments:

Post a Comment