Monday, December 4, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

साथी

-माणिकरत्न शाक्य
सरस्वती नगर, कपन 


बुद्ध शिक्षा अनुसार खान नपाएकालाई खान दिनु वा लाउन नपाएकालाई लाउन दिनु । यो नै सबैभन्दा ठूलो धर्म हो, मैले यिनै दुई कुरालाई मनन र अनुसरण गरेर असहाय तथा विपन्न वर्गका मान्छेहरुलाई सहयोग गरी लुगा लगाइदिने कार्यमा जुटिरहेकोछु ।

लुगा संकलनको क्रममा अघिल्लो दिन साथीले मलाई घरमा बोलायो, दुई बोरा लुगा दिएर सहयोग ग-यो र लिएर आएँ । भोलिपल्ट कार्यालयमा उनै साथीसँग भेट हुने बित्तिकै हाँस्दै उसले मेरो लुगा खोलेर हे-यो । म त अक्कनबक्क परें र भनें – “के ग-या, के हे-या हो ?”

साथीले हाँस्दै भन्यो –“मैले दिएको लुगा लगाएर आउनु भो कि भनेर हेरेको नि !” साथीको व्यवहारले म त ट्वाँ परें ।

No comments:

Post a Comment