Monday, December 4, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

गोलभेंडाको मूल्य

-अरुणबहादुर खत्री ‘नदी’
बूढानीलकण्ठ–४, पासिकोट, उज्यालो बस्ती, काठमाडौँ  


एकजना ग्राहक आफ्नो घर नजिकैको टडेलोमा गोलभेंडा किन्न पुग्यो । गोलभेंडा किलोको कति भनेर गोलभेंडाको भाउ सोध्यो । टडेलोको साहुनीले “गोलभेंडा किलोेको असी रुपैयाँ दाइ” भनिन् ।

“एकहप्ता अगाडिसम्म गोलभेंडा किलोको चालिस रुपैयाँ थियो आज असी रुपैयाँ पुगेछ नि साहुनी” ग्राहकले भन्यो । “गोलभेंडा कति किलो लैजाने दाइ?” साहुनीले भनिन् । “किलोको सत्तरी रुपैयाँमा दिनु नि साहुनी म चार किलो गोलभेंडा लैजान्छु नि” ग्राहकले भन्यो । “किलोको सत्तरी रुपैयाँ त हुँदैन नि” साहुनीले भनिन् ।

साहुनीले त्यसो भनेपछि ग्राहक फर्कियो । ग्राहकले तरकारी बेच्ने पसलमा पुगेर गोलभेंडाको भाउ बुझ्योे पसलमा त गोलभेंडा एक किलोको सय रुपैयाँ घटी रहेनछ । ग्राहक गोलभेंडाको भाउ आकाशिएकोले गोलभेंडा कति पनि नकिनेर घर फर्कियो ।

भोलिपल्ट बिहान ग्राहक फेरि त्यही घर नजिकैको टडेलोमा तरकारी किन्न पुग्यो । एकसय रुपैयाँको फर्सीको मुन्टा किन्यो । “गोलभेंडा दुई किलो दिनु नि” भन्यो । साहुनीले “आज त गोलभेंडा किलोको सय रुपैयाँ पुग्यो नि” भनिन्् । “हिजो बेलुका असी रुपैयाँ किलो भन्नुभएको गोलभेंडा आज कसरी सय रुपैयाँ किलो पुग्यो नि साहुनी?” ग्राहकले भन्यो ।

No comments:

Post a Comment