Sunday, December 3, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

प्रचार मोह

-विनोद नेपाल
पोखराथोक, माडी, पाल्पा
   


कार्यक्रम सकिनै आँटेको थियो । सभापतिले कार्यक्रम समापनको जानकारी गराउन भूमिका बाँध्दै थिए ।
दर्शकदीर्घाको सबैभन्दा पछाडिको लहरमा बसेको ऊ एकाएक मञ्चतर्फ सोझियो ।

सरासर गयो र प्रमुख अतिथि र विशिष्ट अतिथिको बीचमा बस्यो ।
हातको मोबाइलको क्यामेरा सेल्फी मोडमा राख्यो र धमाधम फोटो खिच्यो ।

कार्यक्रम सकिनासाथ खाजाको प्याकेट हातमा लियो र घरतर्फ लाग्यो ।

केहीबेर पछि फोटोसहित फेसबुक स्टाट्स अपडेट ग-यो । लेखिएको थियो 'आज एक कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिका साथ'

फोटोमा उसको बाहेक कसैको अनुहार क्यामेरा तर्फ थिएन ।

No comments:

Post a Comment