Saturday, January 6, 2024

लघुकथा (अङ्क ८ मा प्रकाशित)

ऋण

- मुरारीराज मिश्र
उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं 


 दुई वर्षसम्म तिर्न सक्दिन भन्छस्, खै कसरी दिउँ ! नदिउँ पनि कसरी, छिमेकी परिस् ! के गर्ने गर्ने ? धर्मानन्द साहुले आफ्नो दुविधा पोखे । साह्रै अप्ठ्यारो परेर हो हजुर, जसरी हुन्छ मिलाईदिनु पर्‍यो । भोलाले हात माड्दै भन्यो । 

हेर भोला, आफू ब्याज उठाएर खानुपर्ने मान्छे परेँ । सयकडा पच्चीस लाग्छ बर्सेनि । फेरि बाहिर गएर धेरै ब्याज लियो भन्न पाइन्न नि ! त्यसो भन्ने भए यहाँ किन आउँथे र हजुर ! ल त पख्, म कागज बनाउँछु । कागजमा सहीछाप सकेर एक बिटा नोट भोलाको हातमा राखिदिन्छन् साहुले । मैले एक लाखको पो कुरा गरेको थिएँ त साहुजी ! भोलाले नोट गन्दै भन्छ । ऋण त एक लाखै हो नि ! त्यसमा दुई वर्षको ब्याज पचास हजार कटाएको छु क्या ! साहुले कुटिल मुस्कानका साथ भने । 

No comments:

Post a Comment